उपचार गराउन काठमाडौ पुगेका नगरवासीलाई अस्पतालमै पुगेर नगर प्रमुख रमेश कार्की र उप- प्रमुख नन्दकुमारी राईले सहयोग गरेका छन् ।
आखाको शल्यकिया गर्ने काठमाडौ स्थित तिलगंगा आखा अस्पताल पुगेका वराहक्षेत्र – १ का बगुबाका कर्णबहादुर राईलाई नगर प्रमुख कार्कीले आवश्यक सहजीकरण र आर्थिक सहयोग समेत गरेका हुन् ।
उपचार गर्न काठमाडौ पुगेका राई आर्थिक रुपमा कम्जोर भएको र उपचार गर्न काठमाडौ आएको थाहा पाउन साथ नगर प्रमुख कार्की र उप- प्रमुख सुनुवार अस्पतालमै पुगेका हुन् ।
नगर प्रमुख कार्की र उप-प्रमुख सुनुवार नगरपालिका संघको कार्यक्रममा सहभागीता जनाउन काठमाडौ पुगेका थिए ।
नगरवासी काठमाडौमा उपचार गराउन आएको र आर्थिक रुपले समस्या भएको थाहा पाए पछि नगर प्रमुख अस्पतालै पुगेर बिरामीसंग भेटघाट गरेको नगर प्रमुकको स्कीय सचिव महेश घिमिरे ( सुरज) ले जानकारी दिए ।
घिमिरेका अनुसार नगरपालिका संघको कार्यक्रममा सहभागीता जनाउन काठमाडौ पुगेका नगर प्रमुख र उपप्रमुखले वराहक्षेत्र नगरपालिकाको समृद्धि र बिकासकोलागि मन्त्रालय र बिभागमा पुगेर विभिन्न योजनाकोलागि बजेट समेतको माग गर्ने योजना समेत रहेको छ ।