वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा एक दिवसिय निशुल्क आँखा जाँच शल्यक्रिया कार्यक्रम आयोजना भएको छ ।
आइतवार नगरपालिकाको परिसदमा संविधान दिवसको अवशरमा उक्त आखा शिबिर आयोजना गरिएको थियो ।
तेज कोहली एण्ड रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा रामलाल गोल्छा आखा अस्पताल प्रतिष्ठान विराटनगरले सञ्चालन गरेको उक्त सिबिर वराहक्षेत्र नगरपालिकाको कार्यलयले आयोजना गरेको थियो ।
शिबिरमा ३ सय भन्दा बढि सेबाग्राहिले आखा चाज गराएका थिए । शिविरमा रामलाल गोल्छा आखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ राजेशकुमार यादब लगाएका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
वडा नं ६ का वडाध्यक्ष उद्बवप्रसाद पोखरेलको सभाधपयक्षतामा आयोजना भएको कार्यक्रमम नगर प्रमुख रमेश कार्कीले आखामा हुने मोतियाबिन्दुको उपचार निशुल्क हुने भएकाले आखामा समस्या भए परिक्षण गराउन अनुरोध गरेका थिए । नगरपालिकाले नगर अस्पताल मार्फत हप्ताको दुई दिन बुधबार र शनिबार आखा जाँच र मोतिया बिन्दुको शल्यक्रिया गर्ने गरेको बताए । नगरपालिका भित्रका ग्रामिण बस्तिमा स्वास्थ्य शिबिर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेको नगर प्रमुख कार्कीले
बताए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र मल्ल लगाएको उपस्थिति रहेको थियो । शिबिरमा मोतिया बिन्दुको लक्ष्यण देखिएका बिरामिलाई निशुल्क शल्यकृया समेत गरिने व्यवस्थापन मिलाईएको छ ।