वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा एक दिवसिय निशुल्क आँखा जाँच शिविर कार्यक्रम आयोजना भएको छ ।
तेज कोहली एण्ड रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा रामलाल गोल्छा आखा अस्पताल प्रतिष्ठान विराटनगरले सञ्चालन गरेको उक्त शिविर वराहक्षेत्र नगरपालिकाको कार्यलयले आयोजना गरेको थियो ।
शिबिरमा २ सय भन्दा बढि सेबाग्राहिले आखा चाज गराएका थिए । वराहक्षेत्र ११ मधुवन स्थित आयुर्वेद अौषधालयमा आयोजना भएको शिविरमा रामलाल गोल्छा आखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ संजिव यादव लगाएका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
वडा नं ११ का वडाध्यक्ष कृष्णकुमार महत्तोको सभाधपयक्षतामा आयोजना भएको कार्यक्रमम नगर प्रमुख रमेश कार्कीले आखामा हुने मोतियाबिन्दुको उपचार निशुल्क हुने भएकाले आखामा समस्या भए परिक्षण गराउन अनुरोध गरेका थिए ।
नगरपालिकाले नगर अस्पताल मार्फत हप्ताको दुई दिन बुधबार र शनिबार आखा जाँच र मोतिया बिन्दुको शल्यक्रिया गर्ने गरेको बताए । नगरपालिका भित्रका ग्रामिण बस्तिमा स्वास्थ्य शिबिर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेको नगर प्रमुख कार्कीले
बताए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौला, प्रशासन शाखाका प्रमुख राजकुमार गौतम , सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहता, सूचना अधिकृत पुकार पोखरेल लगाएको उपस्थिति रहेको थियो ।