बराहक्षेत्र नगरपालिका वडा नम्बर २ चतरामा रहेको चतरा अस्पतालले उत्कृष्ट स्वास्थ सेवा प्रबाह गर्दै आइरहेको छ।
चतरा अस्पतालले स्वस्थ्य बिमा कार्यक्रमले गर्दा बिरामीहरुको भिड हुने गरेको छ। अधिकाङ्गस बिमारीहरुमा बिमा मार्फत सहजै उपचार हुने र बिमा मार्फत औषधि समेत पाउने भएपछि मानिसहरु लाई उपचार गर्न सहज भएको उपचार गर्न आउने मन्जु भट्टराईले बताए ।
उक्त अस्पतालमा ३ जना विशेषज्ञ डाक्टरहरु समेत रहेका छन । केहि अगाडी मात्र वीर अस्पताल, पोखरा लगायत विभिन्न अस्पतालमा काम गर्दै आएका एमबिबिएस डाक्टर बिष्णु भण्डारी आएका हुन ।
भण्डारी आएपछि जनै उपचार लिन आउनेको भिड हुन थालेको हो । भण्डारीका अनुसार अहिले दैनिक ३०० देखि ३५० सम्म बिरामी आउने गरेको बताए ।
जस मध्ये ९०% बिरामी मानिसहरुले स्वास्थ बिमा मार्फत सेवा लिने गरेका छ्न ।
उपचार गर्न आएका मनिष थापाले भने डाक्टरहरुको खानाखाने समय भएपछी आफै जाने र मनपरी समयमा आउने हुनाले बिरामीहरु घण्टौ लगाएर डाक्टर पर्खीनु पर्ने समस्या रहेको बताए । केही मानिसहरु धेरै टाढा बाट उपचार गर्न आएका हुन्छन तर डाक्टरहरुले खानाखान गएपछि कति खेर आउने हो भने टुङ्गो हुदैन यस गर्दा हामी टाढा बाट आउने बिरामी लाई समस्या भएको थापा बताउछन् ।
यता अस्पतालले खाना खाने समयमा जादा अर्को डाक्टरको व्यवस्थापन गरि दिए हामीले सहज उपचार पाएर घर फर्किनु सक्ने बताए ।
अहिले भने भण्डारीले ७ दिनमै बिरामीको चेक जाच गरेर सेवा प्रदान गर्दै आएका छन । भण्डारीले भने आवश्यक भएको खण्डमा २४ सै घण्टा सेवा दिन समेत तयार रहेको बताए ।
अस्पतालमा अहिले कर्मचारीहरुको अभाव भएकाले कर्मचारी थप गरेर सेवा दिने र यहाँ भएको एक्सरे मिसिन पुरानो भएकालेे डिजिटल एक्सरे ल्याउन पहल गर्दै आएको बताए ।
अहिले चतरा अस्पतालमा २४ सै घण्टा ओपिडी, फार्मेसी ,एमर्जेन्सी ,ल्याब, क्षयरोगको उपचार केन्द्र ,बालबालिका लाई खोप,सुत्केरी सुबिधा ,हप्तामा २ चोटी सोमबार र बिहीवार भिडियो एक्सरे सेवा , एक्सरे सेवा ४८ प्रकारको ल्याब परिक्षण साथै अन्य विभिन्न सेवाहरु सहज रूपमा भइ रहेको बताए ।(अस्मिता कार्की/ बराहक्षेत्र -२ चतरा)