वराहक्षेत्र वडा नं ६ चक्रघट्टिमा आई एम ई लाईफ इन्स्योरेन्स इनरुबा र रामधुनी शाखाले निशुल्क दन्त शिविर कार्यक्रम आयोजना सम्पन्न गरेको छ।
मङलवार चक्रघट्टिमा भएको शिबिर साना किसान कृषि सहकारी संस्थाको समन्वयमा भएको थियो ।
आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले ५ बर्ष बार्षिक उत्सबको अवसरमा निशुल्क दन्त शिविर कार्यक्रम संचालन गरिएको कम्पनीका इनरुवा शाखा प्रमुख पुष्कर पोख्रेलले बताए ।
इटहरी मेडिकल हल को प्राबिधिक सहयोगमा सन्चालन भएको कार्यक्रममा ८० जना ले दातको निशुल्क उपचार गराएका थिए ।