पछिल्लो समय प्रयाय मानिसहरु मानसिक तनावमा देखिन्छन् । चाँहे घरपरिवारबाट होस चाहे अफिसको कामबाट । यी यस्ता तनावबाट कसरी मुक्त रहने भन्ने थाहा नहुन पनि सक्छ । आज यीनै विषयमा चर्चा गर्दैछौँ ।
ब्यक्तिगत सम्बन्ध
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।
मनोरञ्जनलाई समय दिनुस्
आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।
समूहमा सहभागी
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।
सामूदायिक क्रियाकलाप
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।
आफ्नो हेरचाह
आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।
आफैलाई चुनौति
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हुँदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।