सुनसरी प्याब्सन द्वारा आयोजित जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माध्यमिक तह अन्तर्गत सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ प्रथम स्थान हासिल गरेको छ ।
माध्यमिक तह र +2 तह गरेर छुट्टाछुट्टै भएको प्रतियोगितामा +2 तर्फबाट मुन बिम एकेडेमी बराहक्षेत्र ५ प्रथम भएको छ।
जसमा +2 तर्फ ३ वटा बिधालयले कार्यक्रममा सहभागी जनाएका थिए ।
सुनसरीको विभिन्न स्थानीय तहबाट प्रथम ,दोस्रो हुने १३ वटा माध्यमिक बिधालय सहभागी रहेको थिए ।
जसमा हिमशिखर इङलिस स्कुल इटहरी दोस्रो स्थान स्थान हासिल गरेको छ। भने तेस्रो स्थान बराह राईजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र २ चतरा र सान्त्वना पुरस्कर युनिभर्सल सेकेण्डरी इङलिस स्कुल इटहरी भएको छ।
जसमा प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम हुने सिर्द्धार्थ , मुन बिम र दोस्रो हुने हिमशिखर इङलिस माघ ५ गते हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने जिल्ला प्याब्सन सुनसरीका उपाध्यक्ष साथै कार्यक्रम संयोजक बिजय राईले बताए
।
शुक्रबार बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलको सभाहलमा भएको कार्यक्रममा
प्याब्सन केन्द्रिय कार्यसमितिका सदस्य जीव प्रसाद गुरागाईको प्रमुख आतिथ्यमा रहेका थिए भने प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष नेशन थानेशोर ढकालको सभाध्यक्ष रहेका थिए भने कार्यक्रमको संयोजक बिजय राईले बताए ।