बराहक्षेत्र प्याब्सन द्धारा आयोजित नगर स्तरीय चित्रकला र अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा स्काई इङ्लिस स्कुल बराहक्षेत्र ३ नडाहा र मुन विम एकेडेमी बराहक्षेत्र ५ कालाबन्जार प्रथम भएको छ।
शुक्रवार भएको उक्त प्रतियोगितामा स्काई स्कुलका कक्षा ७ मा अध्ययनरत छात्र विवश राई प्रथम भए भने हस्तलेखन प्रतियोगितामा मुन विम एकेडेमीकी कक्षा ४ मा अध्ययनरत छात्रा खुसी राई प्रथम भएका हुन्।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले चित्रकला प्रतियोगितामा भाग लिएका थिए । जसमा दोस्रो स्थान सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ छात्र हेमन्त शर्मा तेस्रो स्थान जय सप्तकोशी इङलिस स्कुल बराहक्षेत्र १० प्रकाशपुरका छात्र सविन राई
र सान्त्वना श्री सप्तकोशी विद्या मन्दिर इङलिस स्कुल बराहक्षेत्र ७ का बिहाङ राई भएका हुन।
त्यस्तै कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सहभागी भएका थिए ।जसमा दोस्रो स्थान सिद्धार्थ मेमोरियल इङलिस स्कुल कालाबन्जार कि छात्रा कोशिका भूजेल तेस्रो स्थान जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र ८ की लक्ष्मी शाह र सान्त्वना पुरस्कर बराह राइजिङ इङलिस स्कुल बराहक्षेत्र २ चतरा की सोनिया राईले हासिल गरिन।
विजेताहुने हरुलाई प्रमुख अतिथि जिल्ला प्याब्सन सुनसरीका उपाध्यक्ष बिजय कुमार राई र अन्य अतिथिले उक्त ट्रफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।उक्त प्रतियोगितामा बराहक्षेत्रमा रहेका निजि बिधालयहरु मध्ये २० वटा विद्यालय सहभागी रहेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका उपाध्यक्ष बिजय कुमार राईको प्रमुख अतिथि रहेको थियो । कार्यक्रम बोल्दै भने बराहक्षेत्र प्याब्सन ग्रामीण भेगमा भए तापनी अतिरिक्त क्रियाकलापमा सधै जित हासिल गर्दै जिल्ला र प्रदेश सम्म जित हासिल गरि स्कुल र बराहक्षेत्रको नाम चिनाउन सफल भएको भन्दै खुसी व्यक्त गरे । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लुकेको कलाहरु बाहिर आउने भएकोले यस्ता खाले कार्यक्रम प्याब्सनले अझ थप्दै जाने राईले बताए ।
कार्यक्रमका सम्योजक तथा होस्ट स्कुल स्काई .ई. स्कुलका प्रिन्सिपल शरण कुमार लिम्बू भने विद्यार्थीको चौतर्फी विकासका निम्ति सधै प्याब्सन लागि रहेको र आउने दिनमा पनि लागिरहने लिम्बु बताए ।
कार्यक्रममा बराहक्षेत्र प्याब्सनका उपाध्यक्ष भेसराज कार्कीको सभापति रहेका थिए भने
प्रतियोगिता बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा रहेको स्काई इङ्लिस स्कुलले संयोजन रहेको कार्यक्रममा संचालन प्याब्सन बराहक्षेत्र सचिव खेमराज राईले गरेका थिए ।