• ebarahadarpan
  • Sample Page
Sunday, June 22, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा

बराह दर्पण by बराह दर्पण
June 22, 2025
in खेलकुद, समाचार, स्थानीय समाचार
0
उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र, सुनसरी – असार ७
बराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं. ३ ले जितेको छ।

आज शनिवार सम्पन्न फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ७ लाई ३–१ को सेट अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।

विजेता बनेको वडा नं. ३ ले नगद रु ७१,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नं. ७ ले नगद रु ४५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

३ दिनसम्म चलेको प्रतियोगिता बराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा भएको हो। प्रतियोगितामा वडा नं. १, २, ३, ५, ७, ८ र ९ गरी सात वडाले सहभागिता जनाएका थिए।

विधागत उत्कृष्ट खेलाडीहरू सम्मानित

समापन समारोहमा व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
फाइनल खेलको म्यान अफ द म्याच वडा नं. ७ का अनिस बिष्ट घोषित भए।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर वडा नं. ३ का बिष्णु थापा, उत्कृष्ट स्ट्राइकर वडा नं. ७ का मनोज बस्नेत र सर्वोत्कृष्ट खेलाडी वडा नं. ३ का राजु बस्नेत घोषित भए।
सर्वोत्कृष्ट खेलाडीले रु ३,१०० सहित ट्रफी प्राप्त गरे भने अन्य उत्कृष्ट खेलाडीहरूले जनही रु २,१०० नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको समापन कार्यक्रम नगर उपप्रमुख नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा तथा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

खेल संयोजक कपिल आचार्यका अनुसार, प्रतियोगिता युवा ऊर्जा परिचालन, खेलकुदको प्रवर्द्धन तथा वडा–वडाबीचको आपसी एकता सुदृढ गर्न आयोजित गरिएको हो।

Previous Post

वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

Recent Posts

  • उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा
  • वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
  • बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
  • १६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान
  • बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.