• ebarahadarpan
  • Sample Page
Monday, July 14, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत

बराह दर्पण by बराह दर्पण
July 14, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका–३ स्थित मिलन चोकदेखि खोरिया जोड्ने सडकमा भर्खरै सम्पन्न भएको कालोपत्रे पिच काम एक सातामै जीर्ण देखिन थालेपछि स्थानीयवासी निराश र आक्रोशित भएका छन्।

नगरप्रमुखले चुनावताका ‘गुणस्तरीय पूर्वाधार र दिगो विकास’ गर्ने बाचा गरेका थिए। त्यही बाचा पूरा भएको भन्दै खुशी व्यक्त गरेका स्थानीयले अहिले भने “धन्यवाद फिर्ता लिनुपरेको” भन्दै जनप्रतिनिधिमाथि गुनासो पोखेका छन्।

हिजो धन्यवाद, आज आक्रोश

स्थानीय मोहन सुवेदी भन्छन् —
“हामीले हिजो पिच बन्द भएकोमा खुशी हुँदै मेयरलाई धन्यवाद दिएका थियौं। तर आज त्यो धन्यवाद फिर्ता लिनुपर्ने दिन आयो। पिच हातले कोटाउदा समेत उक्किने भएकोले चुनावमा बोलेको जस्तो विकास त देखिएन।”

स्थानीयका अनुसार स्ट्यामेन्टमा ५ मिटर चौडाइको पिच हुनुपर्नेमा कतैकतै ४ मिटर ३ मिटर ८० सेन्टिमिटर हाराहारी मात्र पिच गरिएको छ। काममा कमसल सामग्री प्रयोग गरिएको र गुणस्तरीय निगरानी नगरेको भन्दै उनीहरू आक्रोशित छन्।

पिच हातले उकास्ने अवस्था

भर्खरै सम्पन्न पिच सडकमा साना बच्चाले समेत छुनासाथ टुक्रिने, हातले उकास्न मिल्ने अवस्था देखिएको छ। “एउटा सानो बाँचाले धकेल्दा समेत पिच उकिएको छ,” स्थानीयले गुनासो गरे।

गुणस्तरीय कामको माग

नगरप्रमुखले चुनावताका गरेको ‘गुणस्तरीय विकास’को बाचा र धरातलीय अवस्था विपरित देखिएपछि स्थानीयवासीले निर्माण कम्पनी र अनुगमन निकायसँग स्पष्ट जवाफ माग गरेका छन्।
साथै, यथाशीघ्र मर्मत गरी मापदण्डअनुसारको सडक बनाइदिन माग गर्दै नगरपालिकाको यसै भिडियो मार्फत  ध्यानाकर्षण गराएका छन्।

 

Previous Post

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

Recent Posts

  • बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत
  • बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण
  • चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा
  • चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
  • मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.