• ebarahadarpan
  • Sample Page
Thursday, July 10, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

बराह दर्पण by बराह दर्पण
July 10, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र – बराहक्षेत्र नगरपालिकाले व्यवसायिक कृषकहरूको उत्पादन छिटो र सजिलै बजारसम्म पुगोस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण गरेको छ।

बराहक्षेत्र नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत चार वटा विद्युतीय दुवानी साधन वितरण गरेको हो। कार्यक्रममा प्रति कृषकले रु २ लाख १० हजार लगानी गरेका थिए भने बाँकी लागत नगरपालिकाले व्यहोरेको कृषि बिकास शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन्।

उनका अनुसार प्रति गोटा साधनको कुल लागत रु ४ लाख २० हजार रहेको छ। प्रतियोगितात्मक प्रक्रियाबाट खरिद गरिएका यी साधनले खेत–बारीमा उत्पादन भएका तरकारी तथा फलफूललाई छिटो र सजिलै बजारसम्म पुर्‍याउन सहयोग पुग्ने उनले बताइन्।

विद्युतीय दुवानी साधन प्राप्त गर्नेमा बिष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था, दाजुभाइ कृषि फार्म र पृतिचन माझीलाई उप प्रमुख नन्द कुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल आर्थिक बिकास संयोजक तेजबहादुर गुरुङ लगायतले हस्तान्तरण गरेका थिए ।

कृषि शाखा प्रमुख लिम्बूका अनुसार यस्ता उपकरणले कृषकको श्रम र समय दुवै बचत हुनुका साथै उत्पादनको मूल्य संरक्षण र बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण
  • चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा
  • चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
  • मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.