• ebarahadarpan
  • Sample Page
Tuesday, July 8, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

बराह दर्पण by बराह दर्पण
July 8, 2025
in Uncategorized
0
चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
0
SHARES
Share on FacebookShare on Twitter

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्र

बराहक्षेत्र — बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले चुनावी क्रममा गरेका प्रतिबद्धता पुरा गर्दै खोरिया–मिलनचोक सडक कालोपत्रे गरेका छन्। करिब १.५ किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी भएका छन्।

नगरप्रमुख कार्कीले नेपाली कांग्रेसका उम्मेदवारका रूपमा घरदैलो कार्यक्रममा खोरियामा बोल्दै “खोरियादेखि मिलनचोकको सडकको अवस्था हेर्दा अत्यन्तै पीडा हुन्छ। यदि मलाई जिताउनुभयो भने यो सडक पक्कै कालोपत्रे गर्छु। पराजित भए पनि केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएर भए पनि यो सडक पक्का बनाउँछु” भनेर कसम खाएका थिए।

चुनाव जितेको तीन वर्षपछि उक्त सडक पिच भएको छ। सडक कालोपत्रे भएपछि स्थानीयवासीहरू खुशी व्यक्त गर्दै नगरप्रमुखप्रति आभार व्यक्त गरेका छन्। स्थानीय मोहन सुवेदीले भने, “हामीले चुनावमा सुनेको प्रतिज्ञा पुरा भएको देख्दा खुशी लाग्यो। अब यहाँको आवागमन सहज भएको छ।”

नगरप्रमुख कार्कीले चुनावमा बोलेका अन्य विकास योजनाहरू पनि क्रमशः कार्यान्वयन भइरहेको जनाएका छन्।

Previous Post

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Recent Posts

  • चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
  • मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट
  • धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ
  • मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.