बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी पुल नजिकै प्रहरीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ।
अटोसहित लुकाइ–छिपाइ गरी गाँजा ओसारपसार गरिँदै गरिएको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।
२०८२ साल असार १२ गते राति करिब ११:२० बजे, इलाका प्रहरी चौकी भरौलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको चेकजाँच टोलीले धरानबाट पकलीतर्फ गइरहेको को १ ह ९५१० नम्बरको अटोलाई शंका लागी रोकेको थियो। जाँच गर्दा अटोमा लुकाइएको अवस्थामा तीनवटा कालो प्लास्टिकका झोलामा ७५ केजि गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले बताए ।
प्रहरीले उक्त अटोका चालक ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ बर्षका सुरतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याएको कुवरले बताए ।