बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्यो आधारभूत कम्प्युटर तालिम
बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित दुई महिनाको आधारभूत कम्प्युटर तालिम सोमबार सम्पन्न भएको छ।
वडाले SEE परीक्षापछि खाली बसेका १२४ जना विद्यार्थीहरूलाई लक्षित गर्दै गत बैशाख ७ गतेदेखि सुरु गरिएको तालिम आज असार १३ गते सम्पन्न भएको हो।
वडा अध्यक्ष तेज बहादुर गुरुङका अनुसार,विद्यार्थीहरूलाई डिजिटल सीप विकास गराउने उद्देश्यले वडाले तालिम सञ्चालन गरेको गुरुङले बताए ।