• ebarahadarpan
  • Sample Page
Monday, June 23, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 23, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, मुसहरी टोलमा एक महिलाको घरेलु विवादपछि कुटपिटबाट मृत्यु भएको छ।

घटनामा संलग्न भनिएका मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मृतक २४ वर्षीया ढलि भनिने गंगा सरदार हुन्। उनीमाथि उनकै श्रीमान् ३० वर्षीय सोनिया मुसहरले घरेलु विवादका क्रममा कुटपिट गरेका थिए।
कुटपिटपछि गम्भीर घाइते भएकी सरदारलाई उपचारका लागि अस्पताल नपुर्‍याई घरमै–टिनको छानो र बाँसको टाटीले बनेको भुइँतल्लाको घरमा राखिएको थियो।

मृत अवस्था फेला, तत्काल प्रहरी टोली खटियो

२०८२ असार ८ गते बिहान ९:२५ बजे महिलाको मृत अवस्थामा घरमै शव फेला परेको सूचना पाएलगत्तै प्रहरी चौकी भरौलबाट प्रहरी निरीक्षक डम्बर गौतमको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा SOCO (Scene of Crime Officer) टोलीसहित थप फोर्स परिचालन गरेको थियोे ।

श्रीमान् प्रहरी नियन्त्रणमा, अनुसन्धान जारी

प्रहरीले कुटपिटमा संलग्न भएको आशंकामा सोनिया मुसहरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। घटनासम्बन्धी विधिवत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Previous Post

बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

Recent Posts

  • बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा
  • बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद
  • दुबईमा कार्यरत दिलिप कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
  • उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा
  • वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.