सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
१६औं नगर सभामा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै उपप्रमुख नन्दकुमारी सुनुवारले ११ वटा वडा रहेको नगरमा ८० लाख रुपैयाँको सिलिङ बजेट तोकिएको बताइन् । यस्तै नगरतर्फको पुँजीगत बजेट २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । नगरको चालु खर्च भने १५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
आन्तरिक आय लगातार अधोगतितर्फ गइरहेको नगरपालिकाले आगामी आवका लागि ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ आन्तरिक आय उठाउने अनुमान गरेको छ ।
आव २०७७-७८ मा १५ करोड ५१ लाख रहेको आन्तरिक आय आव २०७८-७९ मा २६ करोड ५८ लाख पुगेको थियो । त्यसदेखि यता आन्तरिक आय लगातार घट्दै गइरहेको छ । आव २०७९-८० मा आइपुग्दा ९ करोडमा घटेको आन्तरिक आय २०८०-८१ मा ६ करोड ३५ लाखमा झरेको थियो ।
२०८१-८२ मा ४ करोड ३० लाख १५ हजार १ सय ११ रुपैयाँ मात्र यथार्थ आम्दानी गर्न सकेको छ । नगरले चालू आवमा ७ करोड ३५ लाख रुपैयाँ राजस्व उठाउने प्रक्षेपण गरिएकामा ५८.५२ प्रतिशत मात्र राजस्व प्राप्त गरेको हो ।
नगरपालिकाले चालु तथा पुँजीगत गरी ४७ करोड १ लाख रुपैयाँ संघीय सशर्त अनुदान प्राप्त गरेको छ । संघबाट ७५ लाख रुपैयाँ विशेष अनुदान पाएको बराहक्षेत्रले ३ करोड ४१ लाख रुपैयाँ समपूरक अनुदान प्राप्त गरेको छ । संघबाट १९ करोड ३४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ भने राजस्व बाँडफाँडअन्तर्गत १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त गरेको छ ।
प्रदेश अनुदानअन्तर्गत वित्तीय समानीकरण शीर्षकमा १ करोड ८२ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ३० लाख ५६ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ र राजस्व बाँडफाँडअन्तर्गत १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
संघ तथा प्रदेशबाट चालु आवमा ७२ करोड ७८ लाख ४३ हजार २ सय ५६ रुपैयाँ प्राप्त गरेको यथार्थ आयको ७९।८२ प्रतिशत खर्च भएको बताइन् ।
बराहक्षेत्रको १६औं नगर सभा बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने