दुबईमा कार्यरत दिपिल कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयो
बराहक्षेत्र, असार ८
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुर मंगलबारे लाइनमा बसोबास गर्दै आएकी एक एकल महिलाको घरमा भएको आगलागी घटनापछि परदेशमा रहेका दिलिप कुमार रायले मानवीय सहयोग गरेका छन्।
बराहक्षेत्र–१ चतरा निवासी तथा हाल दुबईमा कार्यरत दिपिल कुमार रायले आगलागी पीडित महिलालाई रु ८,००० आर्थिक सहयोग गरेका हुन्।
बराह दर्पण मिडिया मार्फत आगलागीसम्बन्धी भिडियो हेरेपछि पीडामा परेको जानकारी पाएर रायले सो सहयोग उपलब्ध गराएका हुन्।
दिपिल कुमार रायद्वारा पठाइएको सहयोग रकम आज आइतबार पीडितको घरमै गएर हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बराह दर्पण सञ्चालक तथा पत्रकार दिपक पुरी, वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङ, वडा सदस्य तथा पत्रकार सुहाङ्ग कुलुङ, र स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेका थिए।
वडा अध्यक्ष गुरुङले उक्त सहयोग पीडितको घर पुनर्निर्माणका लागि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार प्रकट गरेका छन्।