• ebarahadarpan
  • Sample Page
Thursday, June 19, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी

बराह दर्पण by बराह दर्पण
June 19, 2025
in खेलकुद, मुख्य समाचार
0
बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र, असार ५ – बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ स्थित बिचपानी चोकमा आयोजना गरिएको उप–मेयर नगर स्तरीय भलिबल कप प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता यही असार ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ५ र वडा नं. ७ बीच प्रतिस्पर्धा भएको थियो। खेलमा वडा नं. ७ ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ।
भोलि (असार ६ गते) हुने दोस्रो खेलमा वडा नं. ९ र वडा नं. २ आमनेसामने हुनेछन्।

७ वटै वडाको सहभागिता

प्रतियोगितामा बराहक्षेत्र नगरपालिकाका ७ वटा वडा — १, २, ३, ५, ७, ८ र ९ — को टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता बराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा भएको संयोजक साथै वडा नं. ७ का अध्यक्ष कपिल आचार्यले बताए ।

प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। जसमा पहिलो पुरस्कार: रु ७१,०००, ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार: रु ४६,०००, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी, प्रतियोगितामा विशेष प्रदर्शन गर्ने खेलाडीले नगदसहित ट्रफि पाउनेछन। भने खेलमा दैनिक म्यान अफ द म्याच: प्रत्येक खेलमा रु २५०० नगदसहित ट्रफी प्रदान गरिनेछ।

खेल संयोजक कपिल आचार्यका अनुसार, यस्तो प्रतियोगिताले वडा–वडाबीच आपसी मित्रता, युवा सहभागिता, खेलकुदमा लगाव र सामुदायिक एकता अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ। उनले खेलकुदमार्फत युवा शक्तिलाई सकारात्मक मार्गमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले नगर उपप्रमुख,नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत ,गणेश बहादुर कटुवाल
विभिन्न वडा अध्यक्ष सदस्य लगायत नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Previous Post

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Recent Posts

  • बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
  • १६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान
  • बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा
  • वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार
  • नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.