• ebarahadarpan
  • Sample Page
Sunday, June 8, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 8, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सामुदायिक वन क्षेत्रबाट १९ केजी लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

धरान–कालाबञ्जार सडकखण्डमा धरानबाट कालाबञ्जारतर्फ मोटरसाइकलमा शंकास्पद झोला बोकी लागुऔषध बोकेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा निगरानी राखेको ईलाका प्रहरी प्रमुख दिवस कुवरले बताए ।
प्र.स.नि. डम्मर बहादुर गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुईजना व्यक्तिहरूले प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकल सडकमै रोकी जंगलतर्फ भागेका थिए।

उक्त मोटरसाइकलका चालक धनकुटा नगरपालिका–९ निवासी २१ वर्षीय लक्ष्मण माझीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले लागू औषध रहेको झोला जंगल क्षेत्रमा लुकाएको जानकारी दिएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा मोटरसाइकलमा बोकेको कालो झोलाभित्र १८ पोका गाँजा, कुल तौल १९ केजी फेला परेको प्रहरी प्रमुख कुवरले बताए  ।

बरामद लागू औषध, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

Next Post

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Next Post
१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Recent Posts

  • १६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान
  • बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा
  • वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार
  • नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता
  • वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.