सुनसरी, वराहक्षेत्र — वराहक्षेत्र नगरपालिका–६ चक्रघट्टिमा रहेको वराहक्षेत्र नगर अस्पतालमा आँखा उपचार केन्द्रबाट निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरिएको छ।
शल्यक्रिया कार्यक्रम वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु गरिएको हो।
उक्त सेवा शुभारम्भ कार्यक्रम नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख तथा समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार वडा अध्यक्ष अस्पताल व्यवस्थापन समिति सदस्य लगायत सहभागी थिए।
नगर प्रमुख कार्कीले वराहक्षेत्रवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्रमा मोतियाबिन्दु शल्यक्रिया सुरु गरिएको जानकारी दिनुभयो। साथै, भविष्यमा आँखासम्बन्धी अन्य रोगहरूको उपचार र सेवा विस्तार गरिने योजना रहेको पनि उहाँले बताए ।
वराहक्षेत्र नगर अस्पतालकि अग्रसरतामा सञ्चालित यो सेवा कार्यक्रमले आर्थिक, भौगोलिक वा पहुँचका कारण आँखाको उपचारबाट बञ्चित भएका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने निमित्त व्यवस्थापक दिवस बिष्टले बताए ।