• ebarahadarpan
  • Sample Page
Friday, May 30, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
May 29, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

सुनसरी, २०८२ जेठ १४ – सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबन्जार पेट्रोलपम्प नजिकै प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

बुधबार साँझ ५:३० बजे  प्रहरी चौकी भरौलबाट प्रहरी सहायक निरीक्षक डम्बर गौतमको नेतृत्वमा र ट्राफिक पोस्ट नडाहाबाट प्रहरी सहायक हवल्दार टंकराज गिरीसहित खटिएको संयुक्त चेकजाँच टोलीले को २ ह ३२०२ नम्बरको यात्रुवाहक अटो रोकी चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो।

अटोमा सवार व्यक्तिहरू भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका–१, फलाटे निवासी १८ वर्षीय हेमराज सुवेदी र सुनसरी बराहक्षेत्र नगरपालिका–२ निवासी २० वर्षीय अनुज बस्नेत रहेका छन्।

प्रहरीका अनुसार हेमराज सुवेदीले बोकेको सानो साइड ब्यागबाट निम्न सामग्रीहरू बरामद गरिएको छ:

ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride) क्याप्सुल: १७ पत्ता बन्द (१७० पिस) र ५ पिस खुल्ला गरी जम्मा १७५ पिस

एन्टी–कफ (Anti-Kof) ट्याब्लेट: १६ पत्ता बन्द (१६० पिस) र ५ पिस खुल्ला गरी जम्मा १६५ पिस

उक्त लागू औषधहरू बिना चिकित्सकको सिफारिस बिक्री, वितरण तथा उपभोग गर्न कानुनी रूपमा निषेधित रहेको छ। दुबै युवकलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी चौकी भरौलले जानकारी दिएको छ।

Previous Post

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Next Post

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

Next Post
नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल
  • महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न
  • बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.