नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
सुनसरी, वराहक्षेत्र — नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
कार्यक्रम नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिका–६ का वडा अध्यक्ष उद्वव पोखरेल, वडा नं. ८ का अध्यक्ष रोशन खड्का,५ नम्बर वडा अध्यक्ष रोहित काफ्लेले , अस्पतालका निमित्त प्रमुख दिवस विष्ट, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
फलफूल वितरण कार्यक्रममार्फत युनियनले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारिता क्षेत्रको सक्रिय भूमिका रहेको सन्देश दिन खोजिएको अध्यक्ष ढकालले बताउनुभयो। कार्यक्रममा अस्पतालमा उपचाररत दर्जनौं बिरामीहरूलाई फलफूल प्रदान गरिएको थियो।
स्थापना दिवसको अवसरमा यस प्रकारको सकारात्मक सामाजिक क्रियाकलापले पत्रकारिता र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।