• ebarahadarpan
  • Sample Page
Saturday, May 31, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

बराह दर्पण by बराह दर्पण
April 9, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्र सुरु गरेको छ ।

उक्त सेवाको बुधवार प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको व्यवस्था सञ्चालित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसँगको सहकार्यमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

नगर प्रमुख एवं नगर अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा उक्त उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, नगर उपप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका उपाध्यक्ष विजयहरि शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनैतिक दलका प्रतिनिधिहरू, नगर अस्पताल व्यवस्थापन समितिकाका सदस्य तथा सल्लाहकारहरू, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका पदाधिकारी र चिकित्सक तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा सेवाग्राहीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आँखाको उपचार सेवा बिस्तार गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको नगर प्रमुख कार्कीको भनाई छ । अस्पतालको प्रशासन र व्यवस्थापन सबल पछि भौतिक संरचना (भवन) र जनशक्ति ( चिकित्सक, स्वास्थ्यकर्मी ) समेत बढाइएको छ ।

हाल अस्पतालमा दैनिक २ सय ७५ देखि ३ सय २५ को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।

२४सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजीयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रियाका लागि भवन पनि निर्माणाधीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

Previous Post

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Next Post

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Next Post
बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Comments 0

  1. skin_rePi says:
    Your comment is awaiting moderation
    1 second ago

    Лучшие скины на рынке, уникальные предложения.
    Ищите, которые.
    популярных скинов, предлагаются.
    Посмотрите.
    по лучшим ценам.
    сообщества.
    Находите.
    Проверьте.
    скрытые сокровища.
    Получите, обрадуют вас.
    разные стили скинов, которые вас вдохновят.
    стратегии покупки.
    уникальные скины.
    продать свои скины, чтобы не потерять удачу.
    Следите за, которые.
    Заполните свою коллекцию, которые будут выделять вас.
    Покупая у нас, бесподобный выбор.
    актуальные скины, по лучшей цене.
    compare skins https://superskinscs.com/#compare-skins – compare skins .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.