बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को कार्यालयले आफ्नो वडाका ३० जना एसईई पास गरेका विद्यार्थीहरुलाई जनही १० हजारको दरले छात्रवृत्ति दिने निर्णय गरेको छ।
एसईई पास गरेर सामुदायिक बिधालयमा ११ कक्षामा अध्यनरत बिद्यार्थीहरुको नाममा स्कुलको खातामा जम्मा गरिदिने गरि निर्णय भएको वडा अध्यक्ष रोशन खड्काले बताए ।
खड्काले भने भोलिका कर्णधार यि विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्न टेवा पुगाउने उदेश्यले वडा भरिका जेहेन्दार तथा अर्थिक अवस्था कम्जोर भएका विद्यार्थी हरुलाई छनौट गरि हामि निर्बाचित भए देखि निरन्तर छात्रवृत्तिको कार्यक्रम गर्दै आएको उनले बताए ।