बराहक्षेत्र प्याब्सन द्वारा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगितामा बराहक्षेत्र २ चतरामा रहेको बराह राईजिङ्ग स्टार इङलिस स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
जसमा दोस्रो स्थान स्काई इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा भएको छ भने तेस्रो स्थान सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जार र सान्त्वना पुरस्कर राजाबास इङलिस स्कुल बराहक्षेत्र ९ राजाबास भएको छ।
भने प्रतियोगितामा बराहक्षेत्रमा रहेको माबी स्कुलहरु मध्ये ५ वटा बिधालयले सहभागी जनाएको थियोे ।
शुक्रबार बराहक्षेत्र नगरपालिका वडा नम्बर १ आइरिस बराह एकेडेमीको प्रांगणमा भएको लोक नृत्य प्रतियोगिता जिल्ला प्याब्सन सुनसरी बरिस्ठ उपाध्यक्ष बिजय कुमार राईको प्रमुख अतिथि रहेको कार्यक्रममा बराहक्षेत्र नगर प्याब्सन समितिका अध्यक्ष खेमराज राईको सभापतिमा उक्त कार्यक्रम सम्पन्न भएको सचिव अभियोग राईले बताए ।