जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दिमा रहेको जलदेवि आधारभुत बिद्यालयले आफ्नो २६ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।
बिहिवार बिद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर बार्षिक उत्सब तथा अभिभावक दिबस मनाएको हो ।
कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख उत्तमराज भारती, आदर्श माबिका प्रध्यानाध्यापक लक्ष्मीप्रसाद लिम्बू , कौशीका आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कासीनाथ वराल , आदर्श माबिका पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई , ज्ञानबहादुर पाण्डे , समाजसेवि मनोज पौडेल विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ब अध्यक्षहरु , समाजेबिहरु , चन्दादाताहरु , अक्षणकोष दाता लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा बिजेता बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक रुपमा रामकुमारी राई त्यस्तै असल अभिभाबको रुपमा तेजकुमारी बिष्ट र तारा लिम्बु तामाङ्ग लाई सम्मान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याकप नरकुमार राईले बिद्यालयको आर्थिक बर्ष २०८०/०८१ को आय/ व्यय तथा भावि योजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षिक विष्णुकुमारी राई र सिताराम बस्नेतले गरेका थिए । कार्यक्रममा बिद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०५५ सालमा स्थापना भएको उक्त बिद्यालय वराहक्षेत्र नगरपालिकै कान्छो बिद्यालय हो ।
Наша компания предлагает максимально быстро приобрести диплом, который выполняется на оригинальном бланке и заверен мокрыми печатями, штампами, подписями должностных лиц. Документ способен пройти любые проверки, даже при использовании специально предназначенного оборудования. projefinder.ir/profile/songoethe85649