बिराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि झापामा हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको छ । जसमा एक जना विद्युत प्राधिकरणका कर्मचारी हुन् । उनीहरुसँग सोधपुछ भैरहेको छ
थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ ।
हातपातका क्रममा थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएका छन् ।
Легальная покупка диплома о среднем образовании в Москве и регионах