बराहक्षेत्र नगरपालिकाको १५ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ ।
आन्तरिक आय वृद्धि गर्न के कस्ता उपायहरू अपनाउन किन्छ त्यसतर्फ बराहक्षेत्र नगरपालिकाले १५औं नगर सभामा आव २०८१÷८२ को अर्ध वार्षिक पुरक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शुक्रबार नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेका थिए ।
नगर सभामा नगरको आन्तरिक आयतर्फ विनियोजित बजेटमा ७ करोड ३५ लाख ९० हजार १ सय ५० रुपैयाँ अनुमान गरिएकामा चालु आर्थिक वर्षको ६ महिना बित्दा २ करोड ५ लाख ९४ हजार १ सय १० रुपैयाँ मात्र यथार्थ सङ्कलन गर्न सकेको छ ।
नगर उपप्रमुख प्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुरक बजेट तथा कार्यक्रममा बराहक्षेत्र नगरपालिकाको सम्मृद्धि र विकासको लागि सदैव लगनशील रहे पनि न्यून बजेट तथा अनुमानभन्दा कम राजश्व सङ्कलन भएको विद्यमान अवस्थामा नगरवासीको असीमित चाहाना र आकांक्षालाई सन्तुलित रुपमा सम्बोधन गर्न नसक्नु नगरपालिकाको प्रमुख चुनौती रहेको उल्लेख छ ।
नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा ’नगरको सामाजिक तथा आर्थिक क्षेत्रको प्रगति उत्साहप्रद छ’ भनिएको छ । तर सोही प्रतिवेदनमा ’वित्तीय व्यवस्थापनतर्फ नगरपालिकाको आन्तरिक आयमा गिरावट आएको छ ।’ भनिएको छ ।
नगर प्रमुखको प्रगति प्रतिवेदन नै विरोधाभाषपूर्ण देखिन्छ । पुरक बजेट तथा कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुस १५ गतेसम्मको यथार्थ खर्च विवरणमा ५० प्रतिशत विकास खर्च कुनै शीर्षकमा देखिंदैन । सुशासनतर्फ जोड दिएर चुनाव जितेका नगर प्रमुख कार्कीलाई सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा भएको खर्चले व्यङ्ग्य गरेको प्रतीत हुन्छ ।
जुन शीर्षकमा १.७७ प्रतिशतमात्रै खर्च भएको छ । पूर्वाधार विकासमा हालसम्म १५.४५ प्रतिशत खर्च भएको छ । नगरपालिकाले प्रकाशित गर्ने रातो किताब (नगर विकास कार्यक्रम पुस्तिका) मा त कुन चौमासिकमा कुन बजेट खर्च गर्ने र कति रकम खर्च गर्ने भन्ने समेत यकीन गरिएको छैन ।
बराहक्षेत्र नगरपालिकाको बजेट प्रक्षेपण विगत तीन आर्थिक वर्षदेखि निरन्तर ओरालो अवस्थामा छ । आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब ७ करोड ८२ लाख ४१ हजार ९ सय ३० रुपैयाँँ प्रक्षेपण गरिएकामा यथार्थ ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँ । आर्थिक वर्ष २०८०÷८१ मा प्रक्षेपण गरिएको ९८ करोड १५ लाख ९९ हजार २ सय ९२ रुपैयाँ । र आ व २०८१÷८२ का लागि ९३ करोड ९३ लाख २ हजार रुपैयाँ ।
नगरको आन्तरिक आयको प्रक्षेपणमा समेत ह्रास हुँदै आएको देखिन्छ । आव २०७९÷८० मा २५ करोड । आव २०८०÷८१ मा ७ करोड ३२ लाख र आव २०८१÷८२ मा ६ करोड ३५ लाख अनुमान गरिएको छ । चालु खर्च निरन्तर वृद्धि भइरहेको छ । आव २०७९÷८० मा नगरको चालु खर्च १२ करोड ४१ लाख ४६ हजार ।
आव २०८०÷८१ मा १३ करोड ८९ लाख ५० हजार । आव २०८१÷८२ मा १५ करोड ५२ लाख रुपैयाँ उल्लेख गरिएको छ । चालु खर्च भनेको तलब भत्ता र दैनिक कार्य सञ्चालनका लागि छुट्याइने खर्च हो ।यता विकास खर्च अर्थात पुँजीगत खर्च भने चालु आवमा वडातर्फ ७ करोड १५ लाख र नगरतर्फ १८ करोड ११ लाख ४३ हजार छ ।
आव २०७९÷८० मा वडातर्फ पुँजिगत खर्च ११ करोड प्रक्षेपण गरिएको थियो भने नगरतर्फ ४० करोड ५४ लाख २८ हजार ९ सय ३० रुपैयाँ थियो । आव २०८०÷८१ मा वडातर्फ ९ करोड ९० लाख र नगरतर्फ २६ करोड ५८ लाख २४ हजार २ सय ९२ रुपैयाँ थियो ।
यो तथ्यांकले बराहक्षेत्र नगरपालिका प्रत्येक वर्ष अधोगतितर्फ उन्मुख भएको देखिन्छ । आ.व. २०८१÷८२ का लागि पूर्वाधारतर्फ विभिन्न वडा तथा नगरबाट छनोट भएका जम्मा २ सय ६२ वटा योजनाको उपभोक्ता समिति गठन भइसकेको नगर प्रमुख कार्कीले जानकारी दिए ।
उनका अनुसार ७१ वटा योजनाको सम्झौता भएको, १२ वटा योजना कार्य सम्पन्न भएको र नगरबाट १६ वटा योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएको नगर प्रमुख कार्कीले बताए ।
अन्य सम्झौता हुन बाँकी १९१ वटा योजना समयमा नै सम्पन्न गर्नका लागि नगर प्रमुखले सम्बन्धित वडा तथा शाखाहरुलाई निर्देशन दिएको बताए । तथ्यांकअनुसार पूर्वाधार विकासको गतिसमेत सुस्त देखिएको छ ।
नगर प्रमुख कार्कीले २०७६ सालदेखि अवरुद्ध भएका नगर भित्रका विभिन्न योजनाहरु (बाङ्गे–कालाबन्जर विशाल चोक हुँदै धरान जोड्ने सडक र बाङ्गे– नडाह हुँदै धरान जोड्ने सडक) को निर्माण सुरु गर्नका लागि सम्बन्धित निर्माण व्यवसायी, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र सम्बन्धित सरोकारवालालाई स्थलगत अनुगमन गराई योजनाहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए ।
Купить диплом магистра оказалось возможно, быстрое обучение и диплом на руки