बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जरमा शाखा सहित सेवा दिदै आएको लक्ष्मी लघु बित्त बित्तीय संस्था लिमिटेड बित्तीय साक्षरता तथा बिमा रकम हस्तान्तरण गरेको छ।
रामधुनी नगरपालिका वडा नम्बर ३ बस्ने सीता भुजेलको करिब एक महिना अगाडी मृत्यु भएको थियो ।उनले लक्ष्मी लघु बित्त बित्तीय संस्था कालाबन्जार बाट १ लाख ९० हजार ऋण खाएको संस्थाका शाखा प्रमुख ऋषि राज भट्टराईले बताए ।
भट्टराईले भने भुजेलले संस्था बाट ऋण चलाउदा उनले ऋण अनुसारको बिमा गरेको भट्टराईले बताए ।
मृत्यु भए पछि बिमा कम्पनीले ऋण चुक्ता गर्दै क्रिया खर्च र भुजेलले संस्थामा बचत गरेको र संस्था बाट केहि थप गरेर आज उनको श्रीमान बल बहदुर भुजेल लाई रु २लाख ३२हजार हस्तान्तरण गरेको हो।
उक्त कार्यक्रम रामधुनी नगर पालिका वडा ३ का अध्यक्ष राज कुमार चौधरी को प्रमुख आथित्व तथा केन्द्र प्रमुख धन कुमरि खत्री लगायत सम्पुर्ण सदस्य , स्थानीय बसिन्दाको सहभागितामा उक्त पैसा हस्तान्तरण गरेको भट्टराईले बताए ।