वराहक्षेत्र नगरपालिकाको वडा नं २ चतरा वरयरवमा रहेको औलिया बाबा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: रमेश कुमार बिष्ट चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक डम्बर प्रसाद सिग्देलका अनुसार अध्यक्षमा बिष्ट सहित उपध्यक्षमा दिपेशजंग बस्नेत ( सोमराज) सर्वसम्बत् चयन भएका छन् । त्यस्तै सचिवमा कृष्ण प्रसाद कटेल चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा राजु कार्की, ईश्बरभगत श्रेष्ठ , पुष्पदिप पौडेल, कल्लना शाक्य , दिल कुमारी श्रेष्ठ र सरीता बिष्ट खड्का चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा शान्तीराम खतिवडा र प्रदिप श्रेष्ठ चयन भएका छन् ।
शनिवार सहकारीले १४औं बार्षिक साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरेको थियो । २०६६ सालमा स्थापना भएको सहकारीले शनिबार शेयर सदस्य ,बचतकर्ता, सरोकारवालाहरुको उपस्थितिमा १४ अौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष रमेश कुमार बिष्टले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेका थिए । भन्ने लेखा समिति संयोजक शान्तिराम खतिवडाले सुझाब सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाले आर्थिक वर्ष ०७९/८० मा ३ हजार ७ सय रुपैयाँ शेयर वृद्धि गर्दै ७५ लाख ३ हजार ८ सय रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षभन्दा तुलनात्मक रुपमा घटेको शेयर वृद्धि रकम विस्तार गर्दै लाने सहकारीले लक्ष्य लिएको अध्यक्ष बिष्टले बताए ।
सभामा विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ५२ लाख ८५ हजार २ सय ६५ रुपैयाँ ७४ पैसा निक्षेप सङ्कलन गरेको बताए ।गत आर्थिक वर्षमा ०७८/७९ मा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ शेयर रकम पुर्याएको थियो।
चालू आव ०७९/०८० मा संस्थाले १ करोड ९६ लाख ७५ हजार रुपैयाँ ॠण लगानी गरेको छ भने १ करोड ७१ लाख २१ हजार ९ सय ४५ रुपैयाँ ९६ पैसा ऋण असुली गरेको छ । आव ०७८/७९ मा १ करोड ९१ लाख ९४ हजार ॠण लगानी गरेको थियो भने १ करोड ६४ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ १ पैसा असुली गरेको थियो ।
सहकारीले आव ०७९/८० मा ४ लाख ४४ हजार ५ सय १३ रुपैयाँ ४२ पैसा बचत गरेको छ भने बचत भएको मुनाफाबाट १ लाख ५ हजार ५ सय ७१ रुपैयाँ ९४ पैसाको जगेडा कोष स्थापना गरेको छ । सहकारीले गत आव ०७८/७९ मा ४ लाख ३६ हजार ९६ रुपैयाँ ५७ पैसा खुद मुनाफा गरेको थियो ।
१४ औं वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शान्तिराम खतिवडाले आव २०७९/८० मा ३९ लाख ६२ हजार ३ सय ५८ रुपैयाँ ३९ पैसाको आय विवरण प्रस्तुत गरेका थिए । संस्थाले २ करोड ४६ लाख ४१ हजार ९ सय २३ रुपैयाँ ऋण लगानी गरेको छ । लेखा समिति संयोजक खतिवडाका अनुसार संस्थाले २ करोड ९१ लाख १२ हजार ४० रुपैयाँ ९९ पैसाको कारोबार गरेको छ ।
शनिबार चतरास्थित अौलिया बाबा बोलबम धर्मशालामा बराहक्षेत्र नगरकी उपप्रमुख नन्दकुमारी राईले साधारण सभाको औपचारिक उद्घाटन गरिकि थिईन् ।सहकारीले प्लस टू को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका छोराछोरी अनिस धिमाल र जिया श्रेष्ठलाई नगर ५/५ हजारले पुरस्कृत गरिएको थियो ।
यस्तै असल कारोबार गर्ने महिलातर्फ पुर्णशोभा बज्रचार्य र पुरुषतर्फ भिम बहादुर बिश्कर्मालाई सम्मान गरिएको छ ।
सभामा उपस्थितलाई उपाध्यक्ष दिपेशजंग बस्नेत (सोमराज) ले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए । संस्थामा २ सय २९ महिला र २ सय ६१ पुरुषसहित ४ सय ९० जना सेयर सदस्य रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवारले सहकारीहरु मिलेर उद्योग खोल्न आग्रह गरेकी थिईन् । सहकारी संस्थाका सल्लाहकार तथा आदर्श माबिका पुर्व प्रध्यनाध्यापक अोमकुमार शर्मा, संस्थाकी सल्लाहकार तथा चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेल , संस्थाका सल्लाहकार तथा आदर्श माबिका पुर्व प्रध्यनाध्यापक प्रल्लाद भट्टराईले शुभकामना मन्तव्य राख्दै शेयर सदस्यलाई उद्यमी बन्न आग्रह गरेका थिए । संगम बिष्टबाट