वराहक्षेत्र नगरपालिकाले सहकारी संस्थाको नेतृत्व विकाश तथा व्यवस्थापन गोष्ठी आयोजना गरेको छ । नगरपालिका भित्र सञ्चालित सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापकहरुको सहभागीतामा उक्त गोष्ठी आयोजना गरिएको छ । बिहिवारबाट सुरु भएको उक्त गोष्ठी शुक्रवारसम्म दुई दिन आयोजना हुनेछ ।
सहकारी अवधारणाव र विकाश तथा सहकारी सिद्धान्त ,
सहकारी ऋण व्यवस्थापन , सहकारीमा आन्तरिक नियन्त्रण , सहकारीमा सुशासन र नेतृत्व विकास , सहकारीमा पलर्स अनुगमन प्रणाली र कार्यान्वयन अवस्था त्यस्तै सहकारी ऐेन तथा नियमावली भएका मुख्य बिशेषताहरु , सहकारी लिलामी प्रकृया र एकीकरण बिघटन खारेजी र लिकीडेसन , सहकारी अभिलेख व्यवस्थापन / कोपोमिस प्रणालीको परिचय र कार्यान्वयनको अवस्था लगाएको समसामयिक सहकारीको चुनौतिको बिषयमा गोष्ठीमा प्रदेश सरकारीका निमित्त रजिस्ट्रर हरि खत्री र सहकारी प्रशिक्षक मनोज कार्कीले सहजीकरणले गर्ने वराहक्षेत्र नगरपालिका आर्थिक बिकास शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए ।
नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सालको बार्षिक स्वीकृत सहकारी संस्थाको नेतृत्व विकाश तथा व्यवस्थापन
कार्यक्रम अन्तरगत उक्त गोष्ठी कार्यक्रम आयोजना भएको हो ।