सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नं. १ मा संचालित बचत ऋण सहकारी संस्थाहरु मध्येकै उत्कृष्ट सहकारी को रूपमा घोषणा गरिएको छ ।
मिति २०७९/०९/१६ गते सम्पन्न राष्ट्रीय सहकारी बैंक लि. को १९औँ बार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
पुरस्कारको घोषणा बैंकका सदस्य संस्थाहरू मध्ये कारोबारका आधारमा गरिएको थियो ।
स्थापनाको २७ वर्ष पूरा गरेको किसान कल्याण साकोसले आठ ओटा सेवाकेन्द्र मार्फत सेवा दिइरहेको र संस्थामा सुनसरी जिल्लामै सबैभन्दा धेरै १९ हजार /- शेयर सदस्य, १ अरब ११ करोडको कुल सम्पती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिनुभयो ।