वराहक्षेत्र – २ जब्दिमा रहेको चन्द्रमैन कृषि सहकारी संस्थाकोछैटौ बार्षिक साधरणसभा सम्पन्न भएको छ ।
महिला १ सय २२ र पुरुष ५९ जना गरि जम्मा १ सय ८१ जना सदस्य रहेको कृषि सहकारीले बुधबार साधरणसभा सम्पन्न गरेको हो ।
जलदेबि आधारभुत बिद्यालयको सभाहलमा आयोजना भएको साधरसभामा संस्थाकि अध्यक्ष देबिकुमारि घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहकारीका व्यवस्थापक हरिकुमार श्रेष्ठले लेखा परिक्षण र आर्थिक प्रतिवेधन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिका उप- प्रमुख नन्दकुमारी सुनुवार प्रमुख आतिथ्यता रहेको थियो । सहकारी अभियान्ता विष्णुकुमारी राईले सञ्चालन गरेको कार्यक्रममा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , जलदेबि आदारभुत बिद्यालयका प्रध्यानाध्पाक नरकुमार राई,जन्म भुमि कृषि सहकारीका अध्यक्ष मनोज पौडेल , वड सदस्य प्रेमप्रसाद दाहाल , झपड कटुवाल , शिक्षक काशिनाथ वराल, सिताराम बस्नेत लगाएतको आतिथ्ता रहेको थियो ।
सहकारीको शेयर पुंजी ५१ हजार , शेयर रकम २४ लाख ६४ हजार ४ सय , बचत १७ लाख ५ हजार ४ सय ६१ रुपैयाँ हिसाब प्रस्तुत गरिएको थियो । साधारसभा संस्थाकि अध्यक्ष देविकुमारि घिमिरेले अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा बाल बचतकर्ताहरुलाई शैक्षिक सामाग्री बितरण र एकल महिला शेयर सदस्यहरुलाई नगद ६ सय हस्तान्तरण गरिएको थियो ।