इटहरी उपमहानगरपालिका वडा नम्बर १ आपगाछी स्थित सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघको कारखाना निर्माण स्थलमा दोस्रो साधारणसभा सम्पन्न भएको छ।
साधारणसभामा संघका अध्यक्ष बाबुराम खत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गरे उनले भने २०७७ असार २ गते संस्था दर्ता गरेर १ नम्बर प्रदेश भरी रहेको हाल ३५ वटा दुग्ध सहकारी संस्थाहरुको सहकार्यमा सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघ .लि गत बर्ष देखि स्थापना भएको बताए ।
प्रदेश भरी रहेका कृषकहरुले उत्पादन गरेको दुग्ध लाई टोल टोलमा संकलन गरि सहकारी संस्था मार्फत संकलन र तिनै प्रारम्भिक सहकारी संस्थाहरुले कृषक बाट दुग्ध खरिद प्रसोधन र बजारीकरण गरि कृषकहरुलाई दीर्घकालीन बजारको सुनिश्चितताका लागि यश संस्थाको मुख्य उदेश्य रहेको बताए ।
संस्थाले अहिलेसम्म धेरै प्रगति गरेको जसमा गत फागुन प्रदेश मन्त्रालयमा धुलो दुग्ध उत्पादन गर्न अनुदान माग गरि चैत २२ गते प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बिराटनगर र सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघ इटहरी संगको साझेदारीमा धुलो दुध कारखाना स्थापना निर्माण गर्ने भनेर प्रदेश सरकारको अनुदान २० करोड र यश संघको ११ करोड गरेर कुल ३१ करोडमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरि २०७८ असार ३० गते प्रदेश सरकार बाट ८ करोड अनुदान प्राप्त समेत गरि सकेको बताए ।
संघले संचालक समिति सदस्य दिपक कार्कीको उप समिति संयोजकमा विभिन्न मेसिन सामान र भवन निर्माणको लागि विभिन्न बोलपत्र आह्वान गरि सम्झौता समेत गरेको जसमा अन्तर्राष्ट्रिय कम्पनीले १२ लाख ८१ हजार १८ रुपैयाँ अमेरिकी डलर सम्झौता गरेको र अर्को काठमाडौ कम्पनी संग ४ करोड ९१ लाख ४६ हजार ५ सय ४० रुपैयामा बोलपत्र स्वीकृत भएको समेत बताए । उनले भने अझै बोलपत्र आह्वान गर्न बाकी रहेको बताए । अहिले संघको शेरय पुजी १ करोड १२ हजार रहेको यस बर्स थप गरेर ३ करोड पुगाउने अध्यक्ष खत्रीले बताए ।
लेखा समिति संयोजक हेम चन्द्र खनालले लेखा प्रतिबेदनमा भने संघको स्थापनाको मुख्य कार्य भनेको धुलो दुग्धको कारखाना खोल्नु हो उक्त कार्यलाई समयमै सम्पन्न गर्न समितिले आवश्यक कार्य गर्दै आएको बताए । हालको प्रमुख समस्या भनेको संघको तर्फबाट जम्मा गर्नुपर्ने रकम व्यवस्थापन गर्न सदस्य वृद्धि तथा पुजी वृद्धि गर्नुपर्ने बताएका छन । संघको कुल कारोबार ८ करोड ९१ लाख ३३ हजार २ सय ७५ रुपैया भएको र कुल आम्दानी ३ लाख ७१ हजार १ सय १० रुपैया रहेको छ ।
जसमा खर्च तर्फबाट १ लाख ५५ हजार ९सय ३४ रुपैया भएको र संघलाई खुद नाफा २ लाख १५ हजार १ सय ७६ रुपैया रहेको खनालले बताए । कार्यक्रममा कारखानाको डिजाइन डिपिआर भिडियो समेत संघका सदस्य साथै अतिथिहरुको सामु प्रस्तुत गरेका थिए । भने कामधेनु दुग्ध सहकारी संस्थाका कार्यकारी प्रमुख गजेन्द्र राज वस्तीले धुलो दुग्ध कसरी बनाउने र यसको फाइदा र बजारको बारेमा बताएका थिए ।
१ नम्बर प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बिराटनगरका सचीव रामनन्दत तिवारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचीव सुमन दाहाल , योजना तथा आयोग प्रदेश नम्बर १ सचिव जय कुमार घिमिरे , सहकारी रजिस्ट्रार कार्यालय बिराटनगरका सचिव बलराम निरौला, कामधेनु दुग्ध सहकारी संस्थाका कार्यकारी प्रमुख , विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले धुलो दुग्ध उत्पादन गर्न निर्माण गर्दै गरेको कारखाना समेत स्थलगत निरीक्षण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकार बिराटनगरका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचीव रामनन्दत तिवारीले भने यो योजना प्रदेशको गौरवको योजना भएको र यसलाई चाडो निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट सबै सहयोगमा कुनै कसुर बाकी नराख्ने बताए ।
कारखाना बाट धुलो दुग्ध उत्पादन गर्न कृषकले उत्पादन गरेको जतिपनी दुग्ध खपत हुने बताए । यसै सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्रीको सभापतिमा भएको कार्यक्रममा संचालक सदस्य दिपक कार्कीले कार्यक्रम संचालन गरेका थिए ।