सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको तीर्थनगरी बचत तथा ऋण सहकारी संस्थाले चतराका बरिष्ट समजसेबि गणेश बिरहि सुब्बालाई सम्मान गरेको छ ।
बिहिबार सहकारीको ५ औं बार्षिक साधरण सभा एव स्थापना दिबशको अबशरमा सुब्बालाई सम्मान गरिएको हो ।धार्मिक , सामाजिक , राजनैतिक क्षेत्रमा गणेश बिहरीले पुराएको योग्दानलाई कदर गर्दै उहालाई सम्मान गरेको सस्थाका शेयर सदस्य दिपक कार्कीले बताए ।
सुब्बालाई सम्मान – पत्र सहित दोसल्ला अोडाएर प्रमुख अतिथि आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यक ओमकुमार शर्मा र सहकारीका अध्यक्ष गोबिन्द मगरले सम्मान गरेका थिए ।
सहकारीले बिरहीसंगै जेष्ठ शेयर सदस्य पुण्यप्रसाद खतिवडा र मैयाँ घिमिरे , उत्कृष्ट बचतकर्ता लक्ष्मण धामि र समित्रा कट्बाल , उकृष्ट कर्जा कारोवार गर्ने नवीन सुब्बा र गंगा नेपाल , संस्थापना कालका आवधिक निक्षेपकर्ता रत्नबहादुर बिश्वकर्मा र सहकारीको स्थापना गर्दाका संस्थापक २८ जना शेयर सदस्यलाई सम्मान पत्रले सम्पानित गरिएको थियो ।
उक्त साधरण सभामा संस्थाले आफ्नो बर्ष भरिको आर्थिक गतिविधि र भावि योजना प्रस्तुत समेत गरिएको थियो । शेयर सदस्य महेश कुमार ब्रजचार्यले संस्थाको शेयर पुजी, ऋण लगानी , बचत बारे संस्थाको कार्यक्रम प्रकाश पारेका थिए ।
२८ जना यातायात व्यवसायी संस्थापक शेयर सदस्य रहेर सुरु गरेको सहकारीमा हाल ५ सय १ जना शेयर सदस्य रहेको दिपक कार्कीले बताए । कार्कीका अनुसार सहकारीको हालको शेयर सदस्य ४४ लाख ४१ हजार ७ सय , कर्जा लगानि २ करोड ५३ हजार २२ हजार १ सय रहेको छ ।
संस्थाका अध्यक्ष गोबिन्द मगरको अध्यक्षताम सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यक ओमकुमार शर्मा रहेका थिए ।
कार्यक्रममा बरिस्ठ समाजेवि गणेश बिरहि बिशिस्ट अतिथि रहेका थिए । भन्ने चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बावुराम खत्री, बसन्त ऋतृ कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गादेबि बुढाथोकी , बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेणुका कार्की , कार्यपालिका सदस्य पोषराज सुनुवार , धनकुमारी गहतराज, वडा नं १ कि वडा सदस्य शुशिला शेर्पा , औलिया माबिमा प्रधानाध्यापक कमल भण्डारी , पुर्ब प्रधानाध्यापक कृष्ण कट्टेल , बालचन खोरिया कृषि सहकारीकि उपध्यक्ष चुनु श्रेष्ठ लगाएत अतिथि रहेका थिए ।
संस्थाका शेयर सदस्य दिपक कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मुनु थापाले गरेका थिए ।