मेष
मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्द्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ ।
बृष
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ ।
मिथुन
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनुपर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ ।
कर्कट
पराक्रम र प्रसिद्धि बढाउने समय छ । सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ ।
सिंह
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ ।
कन्या
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ, तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन ।
तुला
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ ।
बृश्चिक
पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।
धनु
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्द्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
मकर
दान, पुण्यका कार्यमा आकर्षण बढ्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ ।
कुम्भ
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जानसक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।
मीन
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ ।