मेष
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ ।
बृष
कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ ।
मिथुन
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुनेछ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् ।
कर्कट
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् ।
सिंह
विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउने छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ ।
कन्या
कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन्, तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन ।
तुला
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुस्खी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ ।
बृश्चिक
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
धनु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ ।
मकर
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ ।
कुम्भ
कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ ।
मीन
जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ ।