सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १ गौरीगाउ बस्ने २६ बर्षको प्रबिण राईले आफुले काम गरेकै ठाउबाट चाँदीको सामाग्री चोरी फरार रहेका ब्याक्ती पक्राउ परेका छन।
साउन २४ गते ११:४० बजे निज प्रबिन राईलाई निजकै घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा सामाग्री सहित राई पक्राउ परेका हुन ।
बिगत १ महिना देखी ललितपुर उपमहानगरपालिका मङ्गलबजार स्थित रहेको लक्ष्मण शंकरको चाँदी पसलमा काम गर्दै आएका राईले साउन १९ गते करिब ४ बजेतिर प्रबिन राईले उक्त पसलबाट चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार रहेको खबर इ.प्र.का. महेन्द्रनगरमा प्राप्त हुनसाथ महेन्द्रनगरबाट प्र.नि. प्रमुख बिकास राईको कमाण्डमा र इ.प्र.का. चतराबाट प्र.ब.ना.नि.मुना डागी को कमाण्डमा संयुक्त टोली खटि निज प्रबिन राईलाई निजकै घर भित्र लुकाई छिपाई राखेको (४ के.जी. १८७.२६ ग्राम) चाँदी र चाँदीले बनेको भाडा-कुडा सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख बिकास राईले बताए ।
पक्राउ गरि राईलाई थप अनुशन्धानको लागि इ.प्र.का. महेन्द्रनगरमा ल्याइ राखिएकोमा उक्त बरामदित चादी र मानिसलाइ आज साउन २५ गते आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको राईले बताए ।