बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चिलिया टप्पु स्थित लुकाई छिपाई राखेको अवस्थामा ५२ थान सिमेन्टको पिलर (त्रिखुट्टी) सहित ४ जना पक्राउ परेका छन ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको एरिया अन्तर्गत पर्ने सप्तकोशी नदीमा भारतिय प्रोजेक्टले निर्माण गरेको तटबन्ध (बाँध) बाट सिमेन्टको पिलरहरु चोरी भई हराउन थालेको भन्दै स्थानियहरुले प्रहरी संग जन गुनासो गरेका थिए ।
जनगुनासो आएपछि सप्तकोशी नदीमा प्रहरी गस्ती टोली परिचालन गर्ने क्रममा फागुन १८ गते सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं. ६ चिलिया टप्पु स्थित लुकाई छिपाई राखेको अवस्थामा ५२ थान सिमेन्टको पिलर (त्रिखुट्टी) सहित ४ जना मानिसहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ।
ऊनीहरुलाई सम्पति चोरी मुद्धामा सम्मानित अदालत सुनसरीबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।