सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.०५ स्थित कालावञ्जार बजारमा रहेको सुभेक्षा मेडिकलबाट हिजो दिउँसो २ बजे ३ जना पक्राउ गरेको छ।
ऊनीहरुले चिकित्सकको सिफारिस बिना नियन्त्रित औषधीहरु बिक्रि बितरण गर्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरप्रहरीका प्रमुख राम प्रसाद तिम्सिनाले बताए ।
उक्त मेडिकलबाट नियन्त्रित औषधि खरिद गर्दै गरेको अवस्थामा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.८ टोल बाह्रघरे बिशाल चौक छेउमा बस्ने कृष्ण नेपालीको छोरा बर्ष २१ को रोमन नेपाली र बराहक्षेत्र वडा नं.३ टोल खोरिया बस्ने चन्द्र बहादुर राईको छोरा बर्ष २१ को विधान राईलाई र सो मेडिकलमा बसी चिकित्सकको सिफारिस बिना नियन्त्रित औषधि बिक्री गर्ने बराहक्षेत्र वडा नं.०५ कालाबञ्जार बस्ने तिर्थ कुमार चौधरीका छोरा बर्ष ५० को बिनय चौधरीलाई पक्राउ गरिएको तिम्सिनाले बताए ।
पक्राउ परेका ३ जनालाई आवश्यक कार्वाहीको लागी औषधि व्यवस्था विभाग बिराटनगर मोरङमा बुझाइएको छ ।
भने त्यहा बाट बरामद प्रतिवन्धित औषधीहरु :
रोमन नेपाली र विधान राईको साथबाट Dicyclomine Hydrochloride Decolic Tablets ४ वटा पत्तामा ४० वटा ट्याब्लेट, Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets २५ वटा ट्याब्लेट,
र मेडिकल सञ्चाल बिनय चौधरीले बिक्रीको लगि बोकेको Dicyclomine Hydrochloride Decolic Tablets १३७ वटा ट्याब्लेट, Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ४१ वटा ट्याब्लेट, Pregabalin Capsules Pregstar ३१ वटा क्याप्सुल, र सोही मेडिकलमा लुकाईछिपाई राखेको Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets नामको ५० पत्तामा ५०० वटा ट्याब्लेट, Diclorenac Potassium, Paracetamol, Cetirizing Hydrochloride Magnecium Trisilicate Tablets Relief २६ पत्तामा २६० ट्याब्लेट, Pregout-Kit (Combipack of mitepristone & misoprostol Tablets) ८ पत्तामा ४० ट्याब्लेट, Dicyclomine Hydrochloride Decolic Tablets १० वटा ट्याब्लेट, Pregabalin Capsules Pregstar ३ वटा क्याप्सुल, Sildenafil Tablets ZENEGRA Red २८ वटा ट्याब्लेट रहेको तिम्सिनाले बताए ।