इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिको टोलीले बराहक्षेत्र नगरापलिका वडा नं. १ चतरा बसपार्क स्थितको एक घरबाट अबैध हरिणको सिङ र लागू औषध सहित ४ जनालाई प्रकाउ गरेको छ ।
आइतवार साँझ करिव ७ : ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले चतरा बसपार्क स्थित संजय लिम्बुको घरमा खानतलासी गर्दा घरको कोठामा लुकाई छिपाई राखेको अबस्थामा ठूलो र सानो आकारको हरिणको सिङ ५ वटा र लागू औषध फेला पारेको थियो ।
हरिणको सिङ र लागू औषध घरमा लुकाई छिपाई राखिएको छ भन्ने सुराकीको आधारमा खटिएको प्रहरीले नियन्त्रिल लागू औषध क्याप्सुल ४ सय ४० वटा, ट्याब्लेट ८० वटा र ट्याब्लेट ४ सय ५० वटा गरि ९ सय ७० बटा क्याप्सुल, काठको डमी बन्दुक १थान , दाँत भएको फलामको फार्सा १ थान , मोबालय ४ थान सहित सोही घरमा लुकी बसेका वडा नं १ का २२ बर्षका बिकास राई,२८ बर्षका विवश शेर्पा, २९ वर्षका सुमन तामाङ सहित घर धनि ३४ बर्षका संजय लिम्बु गरि ४ जना युबाहरुलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
वरामत गरिएको हरिणको सिङ बराह सव-डिभिजन वन कार्यालय चतरालाई कार्वाहीको लागि जिम्मा लगाईएको र नियन्त्रित लागू औषध औषधी व्यावस्था बिभाग बिराटनगरमा विस्तृत थप अनुसन्धानको लागि पठाईएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले बताए ।
थप सोमवार साझनै कतिव ७ बजे वडा नं २ सखुबा गाछिबाट लागू अौषध सहित एक जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्र.नि. तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट ट्याब्लेट १ सय ९० वटा, क्याप्सुल २ सय वटा र मोबायल एक सेट सहित २४ बर्षका बिज्ञान राईलाई प्रकाउ गरेको छ । नियन्त्रमा लिएको लागू अौषध थप अनुसन्धानको लागि औषधी ब्याबस्था बिभाग बिरानगरको र थप अनुसन्दान भई राखेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।