कर्तव्य ज्यान मुद्दाका फरार रहेका नडाहाका लाखमान २० बर्ष पछि पक्राउ
सुनसरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विषेश प्रहरी टोलिले जेष्ठ २४ गतेका दिन कर्तव्य ज्यान कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा बस्ने वर्ष ५९ को लाखमान् भन्ने लाख बहादुर लिम्बुलाई १९ वर्ष १० महिना पश्वात सुनसरीको इनरुवाबाट पक्राउ गरिएक छ।
उनले आफ्नो घर छिमेकी साथै नाताले भाउजु पर्ने हर्षमाया लिम्बू लाई घरायसी समन्वय विवादको कारण २०६० साल साउन १९ गते दाउराको प्रहार बाट घाइते भइ उपचारको क्रममा हर्ष माया लिम्बुको मृत्यु भएको थियो । घटना पछी लाखमान लिम्बु फरार रहेका थिए ।
निज प्रतिवादी लाख बहादुर लिम्बुलाई जेष्ठ २४ गते सम्मानित सुनसरी जिल्ला अदातल पेश गरि सुनसरी जिल्ला अदालतको जेष्ठ २५ गतेको आदेशले पुर्पक्षमा राखी कारवाही गर्नु भनि झुम्का कारागार थुनामा पठाएको प्रहरीले जनाएको छ ।