मोरङको बिराटनगर महानगरपालिका-१५ बाट १० लाख भन्दा बढीको अबैध समान ओसार पसारमा संग्लग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहवाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका-२ का २६ बर्षीय सुरज चौधरी र भारतिय नागरीक ४० बर्षीय ओमप्रकाश यादवलाई आज मंगलबार बिहान सवा १२ बजे अबैध रुपमा ओसार पसार भईरहेको समान सहित पक्राउ गरेको हो ।
बा १८ च १८९५ नम्बरको कारमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा गाडी भित्र बिभिन्न किसिमका गाडीका पार्ट पुर्जाहरु गरी अन्दाजी १० लाख ८५ हजार रुपैया बराबरको समान बरामद भएको र आवश्यक कारवाहीको लागी आजै भन्सार कार्यालय बुझाईएको छ ।