जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ
जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन ।
बर्जु गाउँपालिका-१ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।
२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणीगरी घटनास्थलबाटनै फरार रहेका गुरुङलाई खोजतलास गर्ने क्रममा बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको छ ।