कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले बाल यौन दुर्ब्यबहार मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ ।
बाल यौन दुर्ब्यबहार मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०२|३१ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष कैद र २० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका सुनसरी ईटहरी उप-महानगरपालिका-१९ का ३६ बर्षीय रविन कुमार तामाङलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।