झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घर कोठा भित्र लागुऔषध सेवन भईरहेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
जसमा ३ वटा मोबाइल ५ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर, नगद ३४ हजार, ३ थान मोबाईल र मे.९ प. ९२९६ नम्बरको पल्सर मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय भानु दाहाल, ईलाम माई नगरपालिका-८ का ३९ बर्षीय आश बहादुर लिम्बु र ३२ बर्षीय उमेश राईलाई प्रहरीले पक्राउ गरेको बताए ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।