ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०६९/०१/३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका-२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई यही चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।