मोरङको रंगेली नगरपालिका-७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका-४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका छन । हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रतिबन्धित लागुऔषध बरामद भए संगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।