ईलाका प्रहरी कार्यालय रामपुरको आयोजना र बेलका नगरपालिकाको समन्वयमा बेलकामा असोज २ गते विश्व आत्महत्या दिवश एक कार्यक्रम गरी मनाईएको छ।
जीवनलाई आत्मसाथ गर,आत्महत्या बन्द गर।” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम बनाएको हो।
कार्यक्रमका प्रमुख अतिथी बेलका नगरका नगर प्रमुख असोक कार्कीले सकरात्मक सोच र योगाभ्यास बाट अात्महत्यालाई न्युनिकरण गर्न सकिने बताउदै समाजका बिकृती र बिसंगतिलाई जनचेतनाको माध्यमबाट हटाउन सकिने बताए।
नगर प्रमुख कार्कीले भौतिक पुर्वाधारको बिकास मात्र बिकास नभएको बताउदै सामाजिक, मानसिक र मानविय चेतना को सकरात्मक परिवर्तन पनि बिकास भएको बताउनु भयो।
कार्यक्रमका अध्यक्ष तथा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले विश्वमा हुने करिव १५ लाख मृत्यु मध्ये करिव ८ लाख मृत्यु आत्महत्या बाट हुने बताउदै बेलका नगरको चालु आर्थिक बर्षमा मात्रै तीन जनाले आत्महत्या गरेको तथ्यॉक प्रस्तुत गर्नुभयो।आत्महत्याबाट गाउ समाजलाई जोगाउन सबै सरोकारवाला पक्षको उतिक्कै दायित्व हुनेबताए । प्रहरीको मात्रै काम हो भनी सोच राख्न नहुने बताउनु भयो।
वडाध्यक्षहरुको प्रतिनिधी गर्दै वडा नं ३ का वडाध्यक्ष टंक आचार्यले ख़राब आचरण र ग़ैरक़ानूनी कार्यलाई निरुत्साहित गर्दै असल जिवन जिउन सके आत्महत्या को दरकम गर्न सकिने बताए।
कार्यक्रमममा नेकपा एमाले बेलका नगर अध्यक्ष गणेश बस्नेत, नेपाली कॉग्रेसका वडा नं ९ का सभापति अम्बिका निरौला ,माओवादी केन्द्रका अध्यक्ष मनोज तामाङ्ग राप्रपा नेपालका स्थानिय नेता लगायतका बक्ताहरुले सामाजिक सचेतना संगै आफ्नो अमुल्य जिवनको माया गर्नु पर्ने र सकरात्मक जिवन जिउने शैलीको बिकास गर्नु पर्ने कुरामा जोड़ दिएका थिए।
कार्यक्रममा रामपुर पव्लिक एकेडेमी स्कुल , कोशी माबि, चक्रपुर माबि लगायतका बिद्यालयहरुका बिद्यार्थी , शिक्षक तथा स्थानीय युवा समाजसेवीहरुको उपस्थीती रहेको थियो।कार्यक्रम रामपुर बजार र्याली सहित परिक्रमा गरेर नगर सभाहलमा आई समापन भएको थियो।