संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार)सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका ४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका ८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका रहेकाे प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएकाे छ ।
कार्यालयका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर क्षेत्रबाट मंगलबार कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले उनिहरूसंग १ किलो ५ सय ग्राम खपेटासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ ।